+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

त्रिविको इन्जिनियिरिङमा २५ प्रतिशत सिट खाली

कुनै समय भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली जस्ता इन्जिनियरिङ क्याम्पसमा समेत सिटअनुसार विद्यार्थी भर्ना भएका छैनन् ।

नुनुता राई नुनुता राई
२०८० माघ २ गते १९:१५

२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा मंगलबार (२ माघ) देखि स्नातक तहको पढाइ सुरु हुँदैछ ।

शुल्क विवादका कारण लामो समयसम्म प्रवेश परीक्षा सञ्चालन नहुँदा यस वर्ष इन्जिनियरिङको पढाइ ढिला गरी सुरु हुन लागेको हो ।

प्रवेश परीक्षा र भर्ना समय सकिँदासम्म त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुले सिट अनुसार विद्यार्थी भने पाउन सकेका छैनन् । पछिल्ला वर्षमा खाली हुने सिट संख्या पनि बढ्दै गएको संस्थानका अधिकारीहरु बताउँछन् ।

सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरण अनुसार कलेजहरुमा रहेको सिट संख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट संख्या खाली छ ।

कतिसम्म भने कुनै समय भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली जस्ता इन्जिनियरिङ क्याम्पसमा समेत सिटअनुसार विद्यार्थी भर्ना भएका छैनन् ।

विवरण अनुसार पुलचोक क्याम्पस लगायत पाँच आंगिक क्याम्पसमा क्याम्पसमा औसतमा ९० प्रतिशत भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । सम्बन्धन लिएर सञ्चालन भएका निजी कलेजमा भने निकै कम विद्यार्थी भर्ना भएका छन् । संस्थानले सार्वजनिक गरेको भर्ना अनुसार विवरण अनुसार चार हजार ३४४ सिट संख्यामध्ये एक हजार ९५ सिट खाली छ ।

पुल्चोक क्याम्पसमा १६ वटा कार्यक्रममा ६२४ सिट संख्या छ, जसमध्ये २ वटा सिट खाली छ । सिभिल इन्जिनियर रेगुलर (छात्रवृत्तितर्फ) १ र केमिकल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली छ ।

थापाथली क्याम्पसको १४ वटा कार्यक्रमको ४३२ सिटमध्ये २१ वटा सिट खाली छ । इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङको १२ सिटमध्ये रेगुलर (छात्रवृत्ति तर्फ) कार्यक्रममा १ सिट, मेकानिकल इन्जिनियरिङ कार्यक्रमको ३६ सिट मध्ये पूर्ण शुल्क तर्फ १ सिट, इन्डस्ट्रियल इन्जिनियरिङ ३६ सिट मध्ये पूर्ण शुल्कीयतर्फ ५ सिट खाली छ ।

त्यस्तै अटोमोबाइल इन्जिनियरिङको ३६ सिटमध्ये पूर्ण शुल्कतर्फ १३ वटा सिट, सिभिल इन्जिनियरिङको १०८ सिट संख्यामध्ये पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको विवरण इन्जिनियरिङ अध्ययन संस्थानले सार्वजनिक गरेको छ ।

पश्चिमाञ्चल क्याम्पसमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको १२ सिटमध्ये नियमित (छात्रवृत्ति) तर्फ १ सिट, अटोमोबाइल इन्जिनियरिङको १२ सिटमध्ये नियमित (छात्रवृत्ति) तर्फ १ सिट, सिभिल इन्जिनियरिङको ३६ मध्ये नियमिततर्फ २ सिट खाली रहेको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङतर्फ पूर्ण शुल्कको ९ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको पूर्ण शुल्क तर्फ २ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३ सिट, जियोमेटिक्स इन्जिनियरिङ पूर्ण शूल्कतर्फ ८ सिट, अटोमोबाइल इन्जिनियरिङतर्फ ३६ सिटमध्ये ३२ खाली रहेको छ ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ नियमिततर्फ १ सिट, एग्रिकल्चर इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३६ मध्ये ३१ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ७२ मध्ये ३४, सिभिल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको छ ।

आंगिक क्याम्पसमा कक्षा सुरु भएको एक हप्तापछि एक पटक पुनः भर्ना आह्वान गर्ने संस्थानका सहायक डीन प्रा.डा.सुशील बज्राचार्यले बताए ।

काठमाण्डु इन्जिनियरिङ कलेजमा आर्किटेक्चरमा ४८ मध्ये ९ सिट, इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ सिटमध्ये ३३ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५४ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङतर्फ ९६ मध्ये ५१ सिट खाली छ ।

कान्तिपुर इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङतर्फ ९६ मध्ये ७६ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ९६ मा सबकै सिट, कम्प्युटर इन्जिनियरिङमा ९६ मध्ये २३ सिट रिक्त छ ।

सगरमाथा इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये २८ सिट खाली छ । एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये ४७ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ३८ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ९६ मध्ये ६० सिट खाली रहेको छ ।

हिमालय कलेज अफ इन्जिनियरिङमा आर्किटेक्चरमा ४८ मध्ये २३ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये ३७ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५४ सिट खाली रहेको छ ।

त्यस्तै नेसनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये २५ सिट खाली छ भने ललितपुर इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङमा ४८ मध्ये २० सिट, कम्प्युटर इन्जिनियरिङको ४८ मध्ये ९ सिट खाली छ ।

काथफोर्ड इन्जिनियरिङमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये ३२ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५६ सिट खाली छ ।

जनकपुर इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ सिटमा सबै खाली, कम्प्युटर इन्जिनियरिङमा ४८ सिटमा ३१ सिट, र सिभिल इन्जिनियरिङमा ९६ मध्ये ८१ सिट खाली रहेको छ ।

ख्वप कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये १५ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये १ सिट खाली रहेको छ ।

निजी कलेजमा पछिल्ला केही वर्षयता १० प्रतिशत सिट रिक्त देखिए पनि यस पटक केही बढेको सहायक डिन बज्राचार्यले बताए ।

हेर्नुहोस् कुन कलेजमा कति सिट रिक्त ?

क्याम्पसको नाम जम्मा सिट संख्या भर्ना संख्या रिक्त सिट संख्या
पुल्चोक क्याम्पस ६२४ ६२२
थापाथली क्याम्पस ४३२ ४११ २१
पश्चिमाञ्चल क्याम्पस ४३२ ३७४ ५८
पूर्वाञ्चल क्याम्पस ५२८ ४६१ ६७
काठमाण्डु इन्जिनियरिङ कलेज ३८४ २३७ १४७
कान्तिपुर इन्जिनियरिङ कलेज २८८ ९३ १९५
सगरमाथा इन्जिनियरिङ कलेज १४४ ११६ २८
एडभान्स्ड कलेज अफ इन्जिनियरिङ ३३६ १९१ १४५
हिमालय कलेज अफ इन्जिनियरिङ २४० १२६ ११४
नेसनल कलेज अफ इन्जिनियरिङ २४० २१५ २५
ललितपुर इन्जिनियरिङ ९६ ६७ २९
काथफोर्ड इन्जिनियरिङ एन्ड मेनेजमेन्ट १९२ १०४ ८८
जनकपुर इन्जिनिरिङ कलेज १९२ ३२ १६०
ख्वप कलेज अफ इन्जिनियरिङ १९२ १७६ १६
चितवन इन्जिनियरिङ क्याम्पस २४ २४
लेखक
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?