 
																			२ माघ, काठमाडौं । हकप्रदमा नबिकेको घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर लिलामी बिक्री गरिने भएको छ । सो सेयरमा माघ ९ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बोलकबोल प्रक्रियामा उच्च मूल्यमा आवेदन दिएकालाई सेयर बाँडफाँट गरिने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । प्रतिकित्ता १ सय रुपैयाँभन्दा माथि तोकेर कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ २० पैसा छ ।
माघ २३ गतेसम्म मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, बिराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बेनी, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4