 
																			२ माघ, काठमाडौं । बुटवल पावर कम्पनीले फेरि एफपीओ जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले १ करोड कित्ता सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्य थप गर्दै थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनाका लागि हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्याउने प्रस्ताव साधारणसभाले पारित गरेको हो । प्रिमियम मूल्य भने पछि सञ्चालक समितिले निर्णय गर्नेछ ।
बुटवल पावरले यसअघि पनि महँगो मूल्यमा एफपीओ जारी गरेको थियो । १५ माघ २०७४ मा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4