+
+

एक वर्षमा साढे १९ हजार यात्रुको ‘ट्रान्जिट’ बन्यो त्रिभुवन विमानस्थल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १५:०४
फाइल तस्वीर

२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेको संख्या साढे १९ हजार पुगेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एक वर्षमा १९ हजार ४ सय ८२ यात्रुले ट्रान्जिट बनाएर यात्रा गरेका हुन् । यो विमानस्थललाई खासगरी भुटानबाट भारतको नयाँदिल्ली जाने वा दिल्लीबाट भुटान जाने यात्रुले ट्रान्जिट बनाउने गरेका छन् ।

कार्यालयका अनुसार सन् २०२३ अक्टोबरमा सबैभन्दा धेरै ३ हजार ३ सय ५९ यात्रुले विमानस्थललाई ट्रान्जिट बनाएका थिए । मार्चमा ३ हजार २ सय ४५ तथा जुनमा २ हजार ४ सय ५८ ले ट्रान्जिट बनाएर यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?