+
+

भुवनको नजरमा प्रदीप ‘सुपरस्टार’, सम्बन्धमा सुधार आएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १६:३५

काठमाडौं । २०७९ सालको असोज १ गते गोंगबुस्थित ल्होत्से हलमा आयोजित ‘प्रेमगीत ३’को पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे

त्यतिबेला भुवनले आफू अभिनित फिल्मलाई सेन्सर सिफारिसमा अवरोध गरेको र हललाई राती ११ बजे नै बन्द गर्नुपर्ने निर्णय गरेको प्रतिक्रियामा प्रदीपले यस्तो बताएका थिए ।

प्रदीपले राजीनामा मागेपछि तनाव चर्कियो र त्यसपछि यी दुईबीच खुलेरै आरोप-प्रत्यारोप चलिरह्यो । ‘प्रेमगीत ३’ रिलिजको समयमा भुवन र प्रदीपबीच सम्बन्ध निकै चिसिएको थियो ।

तर, यतिबेला भने यी दुईबीचको सम्बन्धमा सुधार आएको अनुमान गरिएको छ । यो अनुमानमा बल किन पनि पुग्यो भने मंगलबार आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पत्रकार सम्मेलनमा भुवन र प्रदीपले स्टेज सेयर गरे ।

दुबै एकअर्काप्रति कम्फर्टेबल देखिएका थिए । भुवनले त आफ्नो सम्बोधनमा प्रदीपलाई ‘सुपरस्टार’ भने । दुईबीचको कुराकानी र बडि ल्यांग्वेज हेर्दा भुवन र प्रदीप एकअर्कामा सहज देखिए । भुवनले सुपरस्टार भन्दा प्रदीप मुस्कुराए ।

खासगरि, ‘ऐरी’को घोषणा गरेर मुम्बईबाट फर्किएपछि प्रदीप खड्का सबैसँग सम्बन्ध सुधारमा लागेको देखिन्छ । उनी मिडियासँग पनि खुल्न थालेका छन् । यसबीचमा प्रदीप सुदर्शन थापा र पूजा शर्मासँग पनि फिल्म खेल्न तयार रहेको चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?