+
+

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ९:३७

३ माघ, काठमाडौं । इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ ।

आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ । र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ ।

पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ । साथै यो आक्रमणको इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?