+
+

चोरीको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १०:०७

३ माघ, काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।

गि्रन पार्टीकी ४२ वषर्ीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ ।

पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

इतिहास रचेकी सांसद हुन् गोलरिज

उनी सानै छँदा परिवारका सदस्यहरुसँगै इरानबाट भागेर न्युजिल्याण्ड आएकी थिइन् । उनको परिवारलाई न्युजिल्याण्डले राजनीतिक शरण दिएको थियो ।

संयुक्त राष्ट्र संघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा न्यूजिल्याण्डको सांसद बनेकी थिइन् । पहिलो शरणार्थी सांसद बनेर उनले इतिहास रचेकी थिइन् ।

अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । उनले भनेकी छन्, ‘मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।’

मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठिक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् । ‘मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।’ उनले आफूमा कामको कारण तनाव सिर्जना भएको उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?