+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

माओवादीका दुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १३:१५

३ माघ, काठमाडौं । माओवादी केन्द्रले पार्टीका दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा वैकल्पिक केन्द्रीय सदस्यहरू विरु तमाङ र उमा विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

माओवादीको २८ पुसमा बसेको स्थायी कमिटी बैठकले भक्तपुरका तामाङ र कपिलवस्तुकी विकलाई कारवाही गर्ने निर्णय गरेको परिपत्र जारी गरेको छ ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा चीनले सरकारको तर्फबाट वितरण गर्न  लगिएको राहत सामग्री वितरणका गर्ने क्रममा विवाद उत्पन्न भई चिनियाँ टोली प्रमुख महिलामाथि हातपात भएको घटनालाई लिएर अर्का वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वैकल्पिक केन्द्रीय सदस्य नैन प्रसाद पहाडीले प्राविधिक कारण देखाइ दिएको राजीनामालाई स्वीकृत गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?