+
+

नेपालको छोटो फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ बर्लिन फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १८:४७

काठमाडौं । छोटो नेपाली फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको जेनेरेसन फोर्टिन प्लस खण्डमा यो फिल्म छानिएको हो । सौरभ घिमिरे निर्देशित फिल्मको लम्बाइ १७ मिनेट छ । बर्लिनमा यो फिल्मको विश्व प्रिमियर हुन लागेको हो ।

फिल्मले एक रेडियो कार्यक्रम प्रस्तोताको कथा पेश गर्छ । प्रेमबारे सल्लाह दिने रेडियो कार्यक्रम होस्ट एक दिन आफैंले प्रेम वियोग भोगेपछि गायब हुँदा परिस्थिति कस्तो हुन्छ भन्नेबारेको चित्रण यसले गर्छ ।

फिल्मलाई ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भाम र मिन्सो लिम्बूले निर्माण गरेका हुन् । निर्माता लिम्बूले यो डकु–फिक्सन फिल्म भएको बताए । उनका अनुसार फिल्मको स्क्रिनिङ मिति भने आउन बाँकी छ ।

फेस्टिभलले मुख्य विधामा छनोट हुने फिल्मको लाइनअप घोषणा गर्न बाँकी छ । त्यसअघि नै छोटो फिल्मको सूची बाहिरिएको हो । ‘हामीजस्ता एक्सपेरिमेन्टल नेपाली फिल्ममेकरलाई बर्लिनले स्पेस दिनु सकारात्मक कुरा हो,’ लिम्बूले अनलाइनखबरसँग भने ।

बर्लिनपछि फिल्मको एसिया प्रिमियरको तयारी भएको उनले जनाए । यसपटकको बर्लिन फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा नेपालबाट पाँचजना फिल्ममेकर छनोट भएका छन् । यस वर्षको बर्लिन फिल्म फेस्टिभल फेब्रुअरी १५ देखि २५ सम्म जर्मनीमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?