+
+

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १०:०६

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो ।

नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्नु प्रमुख कारण देखिन्छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ रहेकोमा यो वर्षको सो अवधिमा १२ करोड २० लाखमा झरेको छ ।

त्यस्तै कुल कर्जामा कम्पनीको निष्क्रिय कर्जा ०.८१ बाट १.८२ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ छ । कम्पनीको आधार दर ११.९० प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?