+
+

‘अगस्त्य’मा जोडिए निश्चल बस्नेत, ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते २१:३५

काठमाडौं । एक्सन फिल्म ‘अगस्त्य : च्याप्टर वन’को महत्वपूर्ण भूमिकामा निश्चल बस्नेत पनि जोडिएका छन् । बस्नेतको जन्मदिनको अवसरमा बिहीवार क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माताले यो खुलासा गरेका हुन् ।

यसअघि फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतबारे मात्रै चर्चा गरिएको थियो । निश्चलको प्रवेशसँगै यो मल्टिस्टारर फिल्मको लाइनअप थप बलियो भएको अनुमान गरिएको छ ।

क्यारेक्टर पोस्टरमा निश्चललाई अजित पात्रको नामबाट चिनाइएको छ । एक ‘योंग्री योङ म्यान’को लुक्समा बस्नेत देखिएका छन् । सौरभ चौधरीको निर्देशन रहेको ‘अगस्त्य’ फागुन १८ गते प्रदर्शन हुँदैछ ।

फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?