+
+

रिजवानको जिम्मेवार ब्याटिङमा न्युजिल्याण्डलाई मध्यम लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १३:४४

५ माघ, काठमाडौं । ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानको जिम्मेवार ब्याटिङमा पाकिस्तानले चौथो टी-२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १५९ रनको मध्यम लक्ष्य दिएको छ ।

हेगली ओभल क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

पाकिस्तानका मोहम्मद रिजवान ६३ बलमा ६ चौका र २ छक्कासहित ९० रनमा नट आउट रहे । एक तर्फबाट लगातार विकेट गुमाएपछि रिजवानले जिम्मेवारी ब्याटिङका साथ कम योगफलमा अल आउट हुनबाट बचाएका थिए ।

मोहम्मद नवाजाले ९ बलमा ३ छक्कासहित २१ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर सैम अयुबले १, फखार जमान ९, बाबर आजम १९ र इफ्तिखार अहमदले १० रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । त्यस्तै लोकी फर्गुसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

एडम मिल्नेको नाममा १ विकेट रह्यो । पाँच खेलको सिरिज न्युजिल्यान्डले दुई खेल अगावै जितिसकेको छ । सुरुवाती तीन खेल न्युजिल्यान्डले ४६ रन, २१ रन र ४५ रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?