+
+

रचिनको दोहोरो शतकमा न्युजिल्यान्डको विशाल योगफल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १३:३७

२२ माघ, काठमाडौं । युवा अलराउन्डर रचिन रविन्द्रले दोहोरो शतक हानेपछि घरेलु टोली न्युजिल्यान्डले पहिलो इनिङमा दक्षिण अफ्रिकाविरुद्ध विशाल योगफल बनाएको छ ।

दोस्रो दिन पहिलो इनिङमा न्युजिल्यान्ड ५११ रनमा अल आउट भयो । न्युजिल्यान्डका रचिन रविन्द्रले ३६६ बलमा २६ चौका र ३ छक्कासहित २४० रनको शानदार दोहोरो शतकीय इनिङ खेले । उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो दोहोरो शतक हो ।

कप्तान केन विलियम्सन २८९ बलमा १६ चौकासहित ११८ रनमा आउट भए । विलियम्सनको यो टेस्ट करिअरको ३० औं शतक हो ।

तेस्रो विकेटका लागि केन विलियम्सन र रचिन रविन्द्रले २३२ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ग्लेन फिलिप्स ३९, म्याट हेनरी २७, डर्याल मिचेल ३४, टम लाथम २० र डेभन कन्वे १ रनमा आउट भए । दक्षिण अफ्रिकाका कप्तान निल ब्रान्डले एक्लै ६ विकेट लिए ।

दोस्रो दिन पहिलो इनिङ थालेको दक्षिण अफ्रिका २८ ओभरमा ८०–४ को अवस्थामाछ । ४३१ रनले पछि रहेको दक्षिण अफ्रिका फलोअनमा पर्ने जोखिम उच्च छ ।

दक्षिण अफ्रिकाका डेविड बेडिंघम २९ रनमा अविजित छन् । यस सिरिजमा दक्षिण अफ्रिकाका पहिलो रोजाईका खेलाडी भने छैनन् । न्युजिल्यान्डका कायल जेमिसनले २, म्याट हेनरी र मिचेल सान्टनारले १–१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?