+
+

दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई ऐतिहासिक सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १३:४०

४ फागुन, काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले आफ्नो इतिहासमै पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिज जितेको छ ।

देस्रो टेस्ट खेलमा ७ विकेटले विजयी भएसँगै न्युजिल्यान्डले ९२ वर्ष लामो इतिहासमा पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिज जित्न सफल भएको हो ।

सन् १९३१/३२ देखी खेल्न सुरु गर्दा १७ टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको थियो । जितको लागि २६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डको जितमा केन विलियम्सनले २६० बलमा १२ चौका र २ छक्कासहित १३३ रनको अविजित शतकीय इनिङ खेले ।

त्यसअघि दक्षिण अफ्रिका दोस्रो इनिङमा २३५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका डेविड बेडिंघमले १४१ बलमा १२ चौका र २ छक्कासहित ११० रन बनाएका थिए । केगन पिटरसनले ४३ र निल ब्रान्डले ३४ रन बनाए ।

न्युजिल्यान्डका विलियम ओरौरकले ५ र ग्लेन फिलिप्सलले २ विकेट लिएका थिए । न्युजिल्यान्ड पहिलो इनिङमा २११ रनमा अल आउट हुँदै ३१ रनले पछि परेको थियो । न्युजिल्यान्डका विलियम्सनले ४३ र टम लाथमले सर्वाधिक ४० रन बनाएका थिए । दक्षिण अफ्रिकाका डेन पिएडले सर्वाधिक ५ विकेट लिएका थिए ।

त्यसअघि सेडन पार्क हामिल्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका पहिलो इनिङमा २४२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका रौन डी स्वार्डटले १५६ बलमा ९ चौकासहित सर्वाधिक ६४, डेविड वेडिंघम ३९ र सौन भोन बेर्गले ३८ रन जोडे ।

न्युजिल्यान्डकी विलियम ओरौरकले ४ र रचिन रविन्द्रले ३ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २८१ रनले विजयी भएको थियो । दुई खेलमा ४०३ सय रन बनाएका केन विलियम्सन प्लेयर अफ द सिरिज चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?