+
+

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते २०:१३

२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ ।

भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम बन्न लिग चरणको अन्तिम खेल खेल्नुअघि समान ८/८ अंक जोडेका न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा थिए ।

न्यूजिल्याण्डले बिहीबार श्रीलंकालाई १७१ रनमै रोक्यो र २६.४ ओभर बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

न्यूजिल्याण्डलाई जिताउन डेभोन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।

श्रीलंकाका एञ्जेलो म्याथ्युजले २ तथा दुशमान्था चमिरा र महेश थिकसेनाले समान १ विकेट लिए ।

यसअघि भारतको बैंग्लुरूमा ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा १७१ रनमा अल आउट भएको थियो । उसका लागि कुशल परेराले ५१ रन बनाएका थिए ।

योजितले न्यूजिल्याण्डको १० अंक भएको छ ।  अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

न्यूजिल्याण्डलाई रोकेर सेमिफाइनलमा पुग्न पाकिस्तानले इंग्ल्याण्डलाई २८७ रनले हराउनुपर्छ । अफगानिस्तानले दक्षिण अफि्रकालाई ४३८ रनले हराउनुपर्छ ।

यदि पाकिस्तानले लक्ष्य भेट्टाउन चाहे झन असम्भव छ । किनकी इंग्ल्याण्डले १५० रनको मात्र लक्ष्य दियो भने पनि ३.४ ओभरमा पुरा गर्नुपर्छ ।

यो हारसँगै श्रीलंका शीर्ष ८ मा रहने संभावना कमजोर बनेको छ । विश्वकपको शीर्ष ८ मा रहने टोलीले मात्रै सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?