+
+

कांग्रेसले पार्टी स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १६:४०

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने भएको छ ।

पार्टी स्थापनाको दिन माघ १२ सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

पार्टी स्थापनाको दिवस लगत्तै कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्नेछ । १३ माघमा ७७ जिल्लामा केन्द्रीय तहका नेताहरु प्रतिनिधिका रुपमा खटिने भएका छन् । प्रतिनिधिका रुपमा खटिएका नेताले तिन दिनसम्म आन्तरिक पार्टी संगठन सुदुढीकरणका लागि कार्य गर्नेछन् ।

सहिद दिवसका अवसरमा १६ माघमा सबै वडामा कार्यक्रम गरिने मुख्य सचिव पौडेलले जानकारी गराए । माघ १६ पछि समुदायमा कांग्रेस अन्तर्गतको अभियान प्रारम्भ हुने भएको छ । समुदायमा कांग्रेसका लागि केन्द्रीय प्रतिनिधिको साथै प्रत्येक प्रदेशमा शीर्ष तहका नेताहरु पार्टीले खटाउने भएको छ ।

केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारीलाई प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने पौडेलले जानकारी गराए । समुदायमा कांग्रेस अभियान २६ माघ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?