+
+

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १८:०९

५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि शुरु भएको छ ।

हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बसेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका छन् ।

पहिलो र दोस्रो अधिवेशनमा प्रदेशसभालाई विजनेश दिन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले हिउँदे अधिवेशनको पहिलो बैठकमा समेत कुनै विद्येयक सभामा दर्ता गरेको छैन ।
प्रदेशसभा सचिवालयले सरकारले कुनै विद्येयक दर्ता नगरेका कारण पहिलो बैठकमा शुभकामना आदानप्रदान मात्रै भएको जनाएको छ ।

शुभकामना आदानप्रदानपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक माघ ९ गते बस्नेगरि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?