+
+

सामाजिक सञ्जालबाट झुटा कुरा फैलिरहेको छ : अर्थमन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १८:२७

६ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय सामाजिक सञ्जालका कारण मूलधारको पत्रकारितामा समस्या देखिन थालेको बताएका छन् । गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा उनले सूचना प्रविधिको विकासले परम्परागत सञ्चार माध्यम जोखिममा परेको धारणा राखे ।

‘हात–हातमा स्मार्ट फोन छ, त्यहाँ (सामाजिक सञ्जालमा) जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउन मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो’, उनले भने ।

अहिले सामाजिक सञ्जालबाट धेरै झुटो कुरा प्रचार भएको भन्दै अर्थमन्त्री महतले यस्तो बेलामा सत्य बुझेकाहरु पनि गाली खाइन्छ भनेर चुप लागेर बसेको बताए ।

‘सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ । परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ, छलफल हुन्छ, जिम्मेवारी हुन्छ, निरन्तरता लिइराखेको हुन्छ, यसलाई मर्न दिनु हुँदैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?