+
+

प्रधानमन्त्रीले गठबन्धनको विश्वास जित्नुभएको छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १८:३५

६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरुको विश्वास जितेकाले गठबन्धन तलमाथि नहुने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा उनले गठबन्धन पाँचै वर्ष कायम रहने दाबी गरे ।

‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो ।’

नेता पुनले सरकारले संसदको हिउँदे अधिवेशनमा संघीय निजामती र संघीय प्रहरी ऐन पारित गर्ने गृहकार्य गरिरहेको बताउँदै संघीयता कार्यान्वयनमा भएको बिलम्ब चाँडै हट्ने बताए । उनले  मुख्यमन्त्रीहरुको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको पनि बताए ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गरेर निर्वाचित गर्ने हुनाले राष्ट्रियसभाले राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहहरुको स्वार्थको प्रतिनिधित्व गर्ने पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?