+
+

लाइसेन्स अब निरन्तर छापिन्छ : यातायात मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:२५

७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरुसँगको समन्वय बैठकमा बोल्दै उनले पुरानो ठेक्का ट्र्याकमा ल्याइएको र अब ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको दाबी गरे ।

कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिलो ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनले बताए ।

साथै १६ लाख नयाँ कार्ड छपाइका लागि ठेक्का प्रक्रिया अगाडि बढेको र यसले लाइसेन्समा रहेको समस्या स्थायी रुपमा समाधान हुने उनले दाबी गरे ।

नक्कली लाइसेन्स कान्डमा छानबिन समिती बनायर काम थालियको उनले जानकारी दिए । यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ ।

नक्कली लाइसेन्स कान्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए । उनले भने, ‘बदमासी गर्नेहरुलाइ कानुनी दायरामा ल्याउँछौं, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निस्पक्ष छानबिन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?