+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पहिचान पक्षधरलाई घरमै बोलाएर शेखर कोइरालाले भने- म पनि तपाईंहरुसँगै छु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:५२

७ माघ, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पहिचान पक्षधरसँग छलफल गरेका छन् ।

प्रदेशको नाम कोशी राखेकोमा असन्तुष्ट भएर आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई विराटनगरस्थित कोइराला निवासमा बोलाएर उनले छलफल गरेका हुन् ।

उनले पहिचानवादीको मागका विषयमा आफू सकारात्मक रहेको भन्दै माग पूरा गर्न समन्वयन गर्ने पनि बताए ।

‘म तपाईँहरुसँग छु, तपाईँहरुले उठाएको मागमा पोजेटिभ छु, मैले बोली पनि राखेको छु,’ पहिचानवादी नेतासँग डाक्टर कोइरालाले भने, ‘संविधान बनाउँदादेखि नै बोलिरहेको छु ।’

नामको विषयमा चलिरहेको आन्दोलन संवेदनशील रहेको बताउँदै उनले अन्य प्रदेशमा पनि असर पर्न सक्ने भएका कारण नेताहरुमा चिन्ता रहेको बताए । ‘अरु प्रदेशमा पनि यसको(आन्दोलनको) झिल्को जान सक्छ,’ उनले भने,‘ फेरि द्वन्द्व बढ्न सक्छ भन्ने चिन्ता पनि नेताहरुमा छ ।’

नामसँगसँगै पहिचानका अन्य मुद्दालाई पनि अघि बढाउन पहिचानवादी नेतालाई उनले आग्रह गरे । ‘खाली नामले मात्रै भोलिका दिनमा चित्त बुझ्ने होइन, यो समष्टीगतमा कसरी अगाडि बढाउनुहुन्छ त्यो महत्वपूर्ण हो,’ उनले भने, ‘अहिले नाममा मात्रै अडकिनु भएको छ, पहिचानका अरु मुद्दा थुप्रैछन्, तीनलाई पनि सँगसँगै लैजानसक्यो भने एउटा सन्देश दिन्छ ।’ नामसँगै भाषा र संस्कृतिकलाई पनि अघि बढाउन उनले आग्रह गरे ।

नेपाली कांग्रेस र सत्तापक्षले चाहेर मात्रै समस्या सामधान नहुने बताउँदै कोइरालाले एमालेसँग पनि सहकार्य गर्नुपर्ने बताए । ‘अहिले वार्ता समिति बनेको छ, समितिले वार्ता गर्छ नै मुख्यमन्त्रीसँग पनि वार्ता गर्नुहोस्, उहाँ पनि पोजेटिभ हुनुहुन्छ ।’

शनिबार मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन गरेको थिए । पहिचानवादी नेता अर्जुन जम्नेली राईले कांग्रेस नेतासँगको छलफल सकारात्मक भएको बताए । छलफलका क्रममा डाक्टर कोइरालाले पहिचानको मुद्दा सम्बोधन गर्नका लागि समन्वयन गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

नोटमा लिपी लेख्नुपर्छ

डाक्टर कोइरालाले नेपाली नोटमा नेपालका लिपी लेख्नुपर्ने बताए ।

‘सय रुपैयाँ, हजार रुपैयाँको नोटमा खाली नेपाली र अंग्रेजी मात्रै लेखेको छ,’ उनले भने, ‘जुन जुन लिपी छ हाम्रो, नोटमा हामीले किन नलेख्ने ?’

भारतीय र अन्य देशका नोटमा लिपी लेखिएको बताउँदै उनले नेपाली नोटमा पनि नेपाली लिपी लेख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?