+
+

प्रधानमन्त्री कपमा सूर्यको नयाँ कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १४:१७

९ माघ, काठमाडौं। वागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै सूर्य एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।

सूर्यले टियुमा सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३–३ विकेट लिएका थिए । मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए ।

त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका थिए । पिएमकपमा हालसम्म एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीहरु यस प्रकार छन् ।

पहिलो संस्करण २०१७ – सुशान भारी (आमी) ५ खेल – १४ विकेट

दोस्रो संस्करण २०१८ – सुशान भारी (आर्मी) ६ खेल- १२ विकेट

सोमपाल कामी (आर्मी) ६ खेल – १२ विकेट

तेस्रो संस्करण २०१९ – ललित नारायण राजवंशी (पुलिस) – ६ खेल २० विकेट

चौथो संस्करण २०२१ – अभिनाश बोहरा (एपीएफ) ५ खेलमा – १४ विकेट

पाँचौं संस्करण मौसम ढकाल (एपीएफ) ६ खेलमा – १५ विकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?