 
																			९ माघ, काठमाडौं । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २६ फागुन २०७८मा जारी गरेको निर्णय खारेज गर्दै भिजिट भिसामा जाँदा चाहिने कागजात र पूरा गर्नुपर्ने शर्तबारे स्पष्ट व्यवस्था गरिएको हो ।
‘यसअघिको निर्णयले विभिन्न विषयहरु स्पष्ट भएनन्, त्यसले भद्रगोल सिर्जना भयो,’ अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने,‘अब आधारभूत शर्त पुरा गर्नेहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।’
१० माघदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने बताएको छ । सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने विभागका महानिर्देशक तामाङले जानकारी दिए ।
भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य गरिएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ ।
भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।
संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने छ ।


भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरुलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको महानिर्देशक तामाङले बताए । ‘घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ,’ उनले भने । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नु समेत उनले अनुरोध गरे ।
उनकाअनुसार भिजिट भिसामा भ्रमण गर्दा नेपाली यात्रीहरुले अपनाउनु पर्ने यात्रा सल्लाह (ट्राभल एड्भाइजारी) जारी समेत जारी भएको छ ।
यस्तो छ ट्राभल एड्भाइजारी
 
  
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4