+
+

पाँच महिनापछि खुल्यो किशोरी हत्याको रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते २१:२१

१० माघ, जनकपुरधाम । गत १२ भदौमा पर्साको जिराभवानी गाउँपालिकामा–४ इमृती खोलामा भेटिएको शव बाराको फेटा गाउँपालिका–१ त्रिवेणी टोलकी १५ वर्षकी कोशिलाकुमारी महतोको भएको खुलेको छ ।

प्रहरी अनुसन्धानले उनको हत्यामा उनकै बाबु हरिन्द्र महतो संलग्न रहेको देखाएको छ । गाउँकै एक दलित समुदायका युवकसंग प्रेममा रहेको थाहा पाएपछि बुबाले नै योजनावद्ध रुपमा हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए ।

हरिन्द्रलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ र उनले छोरीको हत्या गरेको स्वीकार गरेका छन् । ‘हरिन्द्रले छोरी हराएपनि कतै निवेदन दिएका थिएनन् । हामीले आफ्नो संयन्त्रबाट सूचना पाएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा उनको संलग्नता खुल्यो । घटना पर्साको रहेकाले उत्तै जिम्मा लगायौं’ डीएसपी न्यौपानेले भने ।

मृतक बालिका स्थानीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी थिइन् । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटना विषयमा थप अनुसन्धान जारी रहेको बताए । दुई दिनपछि यो घटना विस्तृत विरणसहित सार्वजनिक गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?