+
+

शालीनदीमा माघे स्नान (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० माघ ११ गते ९:५६

 ११ माघ, काठमाडौं । आज पौष शुक्लपूर्णिमादेखि एक महिना लामो स्वस्थानी व्रत कथा सुरु भएको छ ।

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्छन् ।

पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

स्वस्थानीको पहिलो दिन आज बिहानै साँखुस्थित शालीनदीमा माघस्नान गर्नेहरूको भीड लागेको छ । यहाँबाट स्नानसहित माधवनारायणको मेला समेत सुरु हुन्छ ।

   

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?