+
+

अन्तरिक्षमा नक्कली सूर्यग्रहण लगाउँदै युरोपेली वैज्ञानिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १०:५३

काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को प्रोबा ३ मिसन आगामी सेप्टेम्बर महिनामा भारतको पिएसएलबी रकेट मार्फत् प्रक्षेपण गर्नका लागि तयार छ ।

उक्त नयाँ मिसनमा दुईवटा ससाना स्याटेलाइट, एउटा कोरोनाग्राफ र एउटा अकुल्टर रहेका छन् जसले करीब १५० मिटरको दूरीमा उडान भर्नेछ ।

एजेन्सीका अनुसार यो मिसन एउटा कृत्रिम सूर्यग्रहणको सिर्जना गर्नका लागि दुईवटा उपग्रहको बीचमा उडान भर्नेछ । यसबाट सूर्यको धमिलो कोरोनाको नयाँ दृश्य सार्वजनिक हुनेछ ।

कृत्रिम सूर्यग्रहणका अतिरिक्त यो मिसनको उद्देश्य सौर्य कोरोना तथा सौर्य हावाको गतिशीलताको अध्ययन गर्नुपनि हो, जुन अन्तरीक्ष मौसमका घटनाहरुमा महत्वपूर्ण हुनेछ ।

प्रोबा थ्री मिसनमा दुईवटा साना परिष्कृत स्याटेलाइट छन् जसलाई प्रष्ट रुपमा अन्तरीक्षमा एक फरक स्थितिका लागि डिजाइन गरिएको हो । एउटाले सूर्यको निरीक्षण गर्नका लागि कोरोनाग्राफका रुपमा का मगर्दछ भने दोश्रोले एउटा अकुल्टरको रुपमा काम गर्दछ जसले सूर्यको उज्यालो चमकलाई रोक्दछ ।

अकुल्टरले सूर्यको प्रकाशलाई रोक्नाले कोरोनाग्राफलाई एक पटकमा केही घण्टाका लागि धमिलो सौर्य कोरोनाको तस्वीर तयार गर्ने मौका उपलब्ध गराउँछ । अर्थात् यो एउटा कृत्रिम सूर्यग्रहण जस्तै हुनेछ ।

यो मिसनको पहिलो उद्देश्य भनेको सौर्यावलोकन हो । साथै यसले सटिक उडानको पनि प्रदर्शन गर्नेछ जसले अधिक उत्कृष्ट अन्तरीक्ष मिसन सञ्चालनका लागि मार्गप्रसस्त गर्नेछ ।

यसमा दुईवटा स्याटेलाईटको अलाइनमेन्ट १५० मिटरको दूरीमा केही मिलिमिटरको सीमाभित्र हुनेछ, जो अन्तरीक्षमा परिवर्तनलाई हेर्दा एक अविश्वसनीय उपलब्धि हुनेछ ।

प्रोबा थ्री मिसनको सफलता भविष्यको स्पेस टेलिस्कोप तथा इन्धन भर्ने मिसनका लागि अहम सावित हुनेछ । यो मिसनले वैज्ञानिकहरुलाई प्राकृतिक ग्रहणमा समेत सूर्यको कोरोनाको अध्ययन गर्न सहज बनाउने छ जसले सौर्य अनुसन्धानका लागि निकै महतवपूर्ण तथ्य उपलब्ध गराउनेछ ।

यो मिसनमा प्रयोग भएका दुईवटा स्याटेलाइटमध्ये एउटा कोरोनाग्राफको तौल ३४० केजी छ भने अकुल्टरको तौल २०० केजी छ । यो मिसनमा युरोपेली अन्तरीक्ष एजेन्सी र भारतीय अन्तरीक्ष एजेन्सीबीचको सहकार्यलाई पनि निकै महतवपूर्ण मानिएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?