+
+

सार्वजनिक जग्गा मिचेर बनाइएका ४ घरमा महानगरको डोजर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १७:४७

१२ माघ, काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

‘सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ४ वटा घर भत्काउन भनेका थियौं । तर अटेर गरेपछि डोजर चलाएर हटाएका हौं,’ अनलाइनखबरसँग उनले भने ।

उनले महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?