+
+

डिप्लोमा ईन्जिनियरिङलाई पनि काउन्सिलमा दर्ता गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १८:११

१२ माघ, काठमाडौं । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा प्राविधिक धारको डिप्लोमा तह उत्तीर्ण गरेका ईन्जिनियरहरुलाई पनि रोजगारीमा जानुअघि काउन्सिलमा दर्ता गर्ने तयारीमा जुटेको छ ।

यसको लागि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले आवश्यक योजना बनाइरहेको छ । शिक्षा पत्रकार सञ्जाल (ईजोन) नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका ईन्जिनियर सुशान्स सुवेदीले लाईसेन्सको लागि लामो समयदेखि नै काम भइरहेको बताए ।

‘विगतमा डिप्लोमा तहको ईन्जिनियरिङ विषयलाई लाईसेन्स दिने छुट्टै निकाय गठन गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयलमा पठाउँदा हालको ईन्जिनियरिङ काउन्सिलबाट नै यो काम गर्नुपर्ने सुझाव आएको थियो’ सुवेदीले भने ‘तर हामीले भने छुट्टै काउन्सिल गठन गर्नुपर्छ भन्ने राय दिएर फेरि प्रक्रिया अघि बढाएका छौं ।’

नेपाल ईन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार शिवमङ्गल गिरीले डिप्लोमा तहको ईन्जिनियरिङलाई पनि लाइसेन्स परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिए आफूहरु सक्षम भएपनि काउन्सिलको विद्यमान ऐन शंसोधन गर्नुपर्ने उनले बताए । काउनिसलको अहिलेको ऐनले स्नातक तहको ईन्जिनियरिङलाई मात्रै लाइसेन्स दिने अधिकार दिएको छ ।

कार्यक्रमा सिटीईभीटीका पूर्व सदस्यसचिव डा. रामहरि लामिछानेले डिप्लोमा तहका इन्जिनियरिङलाई गुणस्तरिय बनाउन काउन्सीलमा दर्ता गर्ने व्यवस्था गर्नुपर्ने बताए । ‘नेपाल इन्जिनियरिङ काउन्सिल वा डिप्लोमा इन्जिनियरिङलाई मात्रै नियमन गर्ने यस्तै अर्को काउन्सिलमार्फत पेशागत परीक्षा लिने व्यवस्था गर्न सकिएमा यो क्षेत्रमा गुणस्तरियता कायम गर्न सकिन्छ’ उनले भने ।

सिटीईभीटीका सदस्यसचिव महेश भट्टराईले प्राविधिक धार मात्रै नभएर मुलुकको समग्र शिक्षा प्रणालीमा नै गुणस्तरको प्रश्न उब्जिएको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटाले भने विश्वविद्यालय तथा बोर्डमा पढेर उत्तीर्ण भइसकेका विद्यार्थीलाई फेरि अनुमति परीक्षाको पासो थापेर अप्ठ्यारोमा पार्न नहुने बताए । उनले भने ‘कि हाम्रो विश्वविद्यालय वा बोर्डको परीक्षा गतिलो छैन भन्नुपर्‍यो । होइन भने अनुमति परीक्षा मात्रै चलाएर सबै विषयमा स्तरियता आउँछ भन्ने भ्रम हटाउनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?