+
+

निफको जुरीमा प्रदीप खड्का, दीया मास्के र किशोर आचार्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ११:३२

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् ।

निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का कथानक फिल्मतर्फ, अभिनेत्री दीया मास्के छोटो तथा वृत्तचित्रतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी दिए ।

खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी फिल्ममा अभिनय गरेका छन् । साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेका थुप्रै नेपाली फिल्ममा ध्वनि संयोजकको भूमिका निर्वाह गरेका छन् ।

चैत १ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । प्रत्येक विधामा दुईजना जुरी विदेशी फिल्मकर्मी हुनेछन् । विदेशीबाट सहभागी हुने जुरीको नाम केही दिनमा सार्वजनिक गरिने अध्यक्ष पाठकले बताए ।

फेस्टिभलका अध्यक्ष पाठकले अघिल्लो सालका विजेता महोत्सवका व्यावसायिक दूत पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उनीहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी दिए ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स सिनेमाजका सिभिल मल, लबिम मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरका हलमा देखाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?