+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

नगरकोटमा अग्नि मोटोइंकको ‘डिलर मिट–२०२४’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:४१

काठमाडौं । नगरकोटमा अग्नि मोटोइंकको ‘डिलर मिट–२०२४’ सम्पन्न भएको छ ।

नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा ‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ‘डिलर मिट–२०२४’ आयोजना गरेको हो ।

कार्यक्रममा देशभरबाट पावरोल जेनसेट डिलरका प्रतिनिधिहरु सहभागि भएका थिए ।

कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समीर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा लगायत सहभागति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?