+
+

मिटरब्याज पीडितले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म ‘न्याय मार्च’ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १९:५७

१५ माघ, काठमाडौं । मिटरब्याज पीडितहरुको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पदयात्रा गर्ने भएको छ । मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरुले १६ माघदेखि झापा र कञ्चनपुरबाट काठमाडौंतर्फ पैदलयात्रा सुरु गर्न लागेका हुन् ।

झापा र कञ्चनपुरबाट सुरु हुने पदयात्रा चितवनमा भेट भई त्यहाँबाट काठमाडौंतर्फ गरिने संघर्ष समितिका  संयोजक अवधेश कुशवाहले जानकारी दिए । मिटरब्याज पीडितहरुले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् ।

गाउँघरमा साहु महाजनबाट ऋण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, ऋण लिएको भन्दा बढी रकम लिएको भनेर असुल्ने जस्ता समस्यालाई मिटरब्याज भन्ने गरिएको छ । सरकारले अनुचित लेनदेन नामकरण गर्दै यसलाई समाधान गर्न कानुनसमेत बनाएको छ ।

मिटरब्याज समस्या समाधान गर्न भन्दै सरकारले २०७९ चैत २० गते गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाएको थियो । जाँचबुझ आयोगले मधेशको जनकपुरधाममा कार्यालय राखी मिटरब्याज पीडितहरुबाट उजुरीसमेत लिएको थियो । उक्त समितिले काम सकेर प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ ।

तर आफूहरुको माग अझै पूरा नभएको भन्दै मिटरब्याज पीडित न्याय माग्दै काठमाडौं आउन लागेका हुन् ।

हेर्नुहोस् मागपत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?