+
+

फेरि २१ सयमुनि झर्‍यो सेयर बजार, उत्पादन समूह मात्रै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १५:१२

१७ माघ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिजो ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

२९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो ।

अंकका आधारमा बैंकिङ ६, विकास बैंक ७९, फाइनान्स ३४, होटल तथा पर्यटन ११४, हाइड्रोपावर ३८, जीवन बीमा १४७, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ११६, अन्य ११ र ब्यापार समूह ४९ घटे ।

सामलिङ पावरको ९.८, मन्दाकिनी हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ७.६, रावा इनर्जीको ५.० र पिपुल्स हाइड्रोपावरको मूल्य ४.९ प्रतिशत बढ्यो । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ५.८, अपर स्याङ्गेको ५.१ र ङादी ग्रुपको ४.९ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप पावर, नेपाल पुनर्बीमा कम्पनी र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?