+
+

युवराजले ल्याए मर्मस्पर्शी गीत ‘नझुक्याऊ’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते ११:२०

काठमाडौं । गायक युवराज चौलागाईँ आफ्नो नयाँ गीत ‘नझुक्याऊ’ मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् ।

बुधवार सार्वजनिक भएको गीतमा गायक चौलागाईँकै संगीत छ । गीतका शब्द दीपिका थापा रिमालले रचना गरेकी हुन् ।

गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा चौलागाईंसहित कुसुम शर्मा र विकास लामिछानेले अभिनय गरेक छन् ।

गीतको म्यूजिक भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । मेनुका ढकालको समेत अभिनय रहेको भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायांकन गरेको हो । मिलन विश्वकर्मा यो भिडियोका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?