+
+

केपी ओली भन्छन् : हेर्दा हेर्दै कस्तो सरकार बन्यो नेपालमा !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १२:५८

१९ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको आरोप लगाए ।

रेडक्रम, गैरआवासीय नेपाली संघ लगायतमा सत्ता गठबन्धनले हस्तक्षेप गरेको भन्दै उनले सरकार र सत्तारुढ दलहरुको आलोचना गरेका हुन् ।

‘.. हेर्दा हेर्दै कस्तो सरकार बन्यो नेपालमा ! डेमोक्रेसी भनिन्छ । प्रणाली ने मास्यो त यहाँ’ अध्यक्ष ओलीले भने ।

उनी थप्छन्, ‘यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो कानुनअनुसार चल्ने, मूल्य मान्यता अनुसार चल्ने सरकार होइन । गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो ।’

एमाले अध्यक्ष ओलीले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवार पुगेर भेटेका थिए । त्यसक्रममा प्रधानमन्त्रीलाइ आफूले स्काउटको अधिवेशन नरोक्न भनेको उनले सुनाए ।

नेपाली कांग्रेस र सत्तारुढ दलले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले निर्देशन दिएको र त्यसो नगर्न आफूले भनेको अध्यक्ष ओलीले बताए ।

अधिवेशनको तयारी भइसकेको अवस्थामा स्काउटको अधिवेशन रोक्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?