+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ बिटुमिन ब्राण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १९:३३

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा १८ माघदेखि ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी-२०८०’ जारी छ ।

प्रदर्शनीमा एचआर गोयल ग्रुपको बिटुमिनका साथै सडक निर्माण कार्यका लागि आवश्यक केमिकलहरु, माइक्रो सिलिका, एमवाईके अर्मेन्टका उत्पादन, वाटर प्रुफिङ केमिकलहरु राखिएका छन् ।

२१ माघसम्म सञ्चालन हुने प्रदर्शनीको मुख्य आकर्षण एचआर गोयल ग्रुपको बिटुमिन स्टल नं. ०–०२३ रहेको कम्पनीको दाबी छ ।

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको भीजी १० तथा भीजी ३० क्वालिटीको डल्फिन ब्राण्डको बिटुमिन नेपालमा एचआर गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रालिले मात्र आयात गर्ने गरेको छ ।

कम्पनीका अनुसार विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा डल्फिन बिटुमिनका डिपोहरू छन् । जहाँबाट बिटुमिनका साथै एचआर गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने एमवाईके अर्मेन्टका विभिन्न उत्पादनहरु बिक्री वितरण हुँदै आइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?