+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० माघ २१ गते १६:०९

२१ माघ, काठमाडौं। पुल्चोक क्याम्पसमा तीन दिने आधार १४ औं सिभिल इन्जिनियरिङ प्रदर्शनी सकिएको छ ।

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (सस-नेपाल) को आयोजनामा शुक्रबार सुरु भएको प्रदर्शनीमा सहभागी मोडलहरुको मूल्यांकन समेत गरिएको छ । मोडलमा नयाँपन, सिर्जनात्मकता, उपयोगिता र प्रस्तुतिको आधारमा निर्णायक मण्डल र अवलोकनकर्ताहरुको भोटको आधारमा छनोट गरिनेछ ।

प्रदर्शनीका संयोजक संकल्प पौडेलका अनुसार विभिन्न क्याम्पसमा भएका आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट समूहहरुले आफ्ना नवीनतम मोडलहरु प्रदर्शनीमा राखेको बताए । ‘सहभागीहरुले करिब दुई महिना मिहिनेत गरेर आफ्ना नवीनतम मोडलहरु राखेका छन्’, उनले भने ।

प्रदर्शनीमा  पुल्चोक क्याम्पस, ललितपुर इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट, कान्तिपुर सिटी कलेज, एक्मी इन्जिनियरिङ कलेज, थापाथली क्याम्पस, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका १७ वटा समूहले विभिन्न मोडलहरु प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनी अवलोकन गर्न आएका कक्षा ११ का विशाल श्रेष्ठले प्रदर्शनी धेरै उत्साहजनक नरहेको टिप्पणी गरे । ‘मलाई यहाँका कुनै आइडिया वाउ लागेन । अरु देशले इम्प्लिमेन्ट गरेको आइडियालाई हाम्रो देशमा पनि गर्नुपर्छ भन्ने खालको गभरमेन्टलाई पनि झकझकाउने लेबलको पिच हुनुपर्छ’, उनले भने ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?