+
+
Shares

पोखरामा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १७:४८

२१ माघ, पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

पोखरा १६, जैमुरेबाट लामाचौरतर्फ आउँदै गरेको ग १ त ७३१९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

विकका अनुसार शनिबार राति ८ बजे नियन्त्रणमा लिइएको हो । ‘सीआरभीमा खटिएको टोलीले अवैध रुपमा चिरुवा काठ लोड ल्याइरहेको फेला पारेको थियो’, उनले भने, ‘सोधपुछका क्रममा प्रयोजन खुल्ने कुनै कागजात पनि फेला परेन ।’

नियन्त्रणमा लिइएको काठसहित ट्याक्टरलाई थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?