+
+

अन्तिम १ मिनेटमा उचालियो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १५:१८

२२ माघ, काठमाडौं । सोमबार कारोबारको अन्तिम १ मिनेटमा सेयर बजार उचालिएको छ । २ : ५९ बजेसम्म २०६४ अंकमा रहेको बजार अन्तिम १ मिनेटमा ह्वात्तै बढेर २०७६ अंकमा पुगेर बन्द भएको छ । सोमबार अन्तत: अघिल्लो दिनको तुलनामा १४.५७ अंक बजार बढेको हो ।

यस दिन १४८ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम भने खुम्चिएको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको कारोबार भएकोमा आज २ अर्ब ४३ करोडमा सीमित भयो ।

अन्य समूह सबैभन्दा धेरै ४.६ प्रतिशत बढ्यो । बैंकिङ १, विकास बैंक २६, फाइनान्स ६, जलविद्युत् १३, जीवन बीमा १९, माइक्रोफाइनान्स १७, अन्य ८२ र ब्यापार समूह ४ अंक बढे । निर्जीवन बीमा ४४, उत्पादन ५ र होटल तथा पर्यटन समूह ११ अंक घटे ।

यस दिन नेपाल टेलिकम, पिपुल्स पावर, समाज लघुवित्त र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै गुराँस लघुवित्तको ७.६, सामलिङ पावरको ७ र कुथेली बुकरी स्मल हाइड्रोको ७ प्रतिशत मूल्य बढ्यो ।

स्वाभिमान लघुवित्तको ६.७, विशाल बजार कम्पनीको ५.३ र चन्द्रागिरि हिल्सको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी पावर, हाथवे इन्भेस्टमेन्ट, चन्द्रागिरि हिल्स र रिडी पावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?