+
+

विमानस्थलमा २५ हजार अमेरिकी डलरसहित पक्राउ परे चिनियाँ नागरिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १६:३९
फाइल तस्वीर

२२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति उनको साथबाट एक सय दरको २५० थान अमेरिकी डलर बरामद भएको प्रहरीको भनाइ छ ।

चाइना साउर्दनको उडानमार्फत उनी काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए । त्यसक्रममा मिवानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थानको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा उनको ब्यागभित्र अवैध डलर फेला परेको थियो ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?