
काठमाडौं । गायिका सोना अमात्यले र्यापर गिरीश खतिवडा र बुलेट फ्लोसँग सहकार्यमा ‘आई एम द सुपरस्टार’ गीत ल्याएकी छन् । गीतमा सुरजविक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द तथा संगीत छ ।
भारतीय भिडियो निर्देशक विशालले निर्देशन गरेको गीतको भिडियोमा सबैमा जन्मजात सुपरस्टारको सपना हुने कथा प्रस्तुत गरिएको छ । भिडियोमा सोना, गिरीश र बुलेट फ्लो फिचर्ड छन् ।
आलोक शुक्लाले खिचेको भिडियोलाई विशाल खारतले नै सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन मुम्बईको भीसी स्टुडियोमा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4