+
+
Shares

बेलायती राजालाई क्यान्सर, सार्वजनिक दायित्वबाट टाढा रहने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ९:२७

२३ माघ, काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो ।

राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन।

७५ वर्षीय चार्ल्सलाई सोमबारदिख चिकित्सकको निगरानीमा राखिएको छ। आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ । ‘उहाँ पूर्ण रुपमा ठीक भएर सार्वजनिक जिम्मेवारीमा छिट्टै फर्किनेमा विश्वस्त हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् । वेल्सका राजकुमार  विलियम र अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् । ह्यारी केही दिनमै पितालाई भेट्न आउने तरखरमा रहेको र विलियम पिता चार्ल्ससँग नियमित सम्पर्कमै रहेको बीबीसीले जनाएको छ ।

क्यान्सरको उपचारका कारण राजाले सम्पूर्ण सार्वजनिक दायित्वबाट हाल पर रहेको बीबीसीले उल्लेख गरेको छ । यद्यपि उनले संवैधानिक जिम्मेवारी भने निर्वाह गर्ने बताइएको छ ।

बेलायतमा राजा राष्ट्रप्रमुख हुने व्यवस्था रहेको छ । यद्यपि उनको जिम्मेवारी भने सेरोमोनियल र राजनीतिक रुपमा तटस्थ रहनुपर्नेछ ।

सरकारको निर्णयबारे हरेकदिन राजालाई पत्र पठाउने र ब्रिफिङ गरिन्छ । हरेक बुधबार बकिंघम प्यालेसमा कार्यकारी प्रमुख प्रधानमन्त्रीले राजासँग भेट गर्ने परम्परा छ । प्राय: जसो हरेक बुधबार हुने राजा र प्रधानमन्त्रीबीचको भेटवार्ताको भने दस्तावेज तयार हुँदैनन् । त्यो वार्ता निकै गोप्य रहन्छ ।

चिकित्सकले भेटघाट निषेध नगर्दासम्म प्रधानमन्त्री ऋषि सुनकले राजासँगको आफ्नो नियमति भेटवार्ता कायमै राख्ने बीबीसीले उल्लेख गरेको छ ।

राजाले संवैधानिक जिम्मेवारी समेत निर्वाह गर्न नसक्ने परिस्थितिमा राज्यका सल्लाहकारबाट त्यस्ता दायित्व गराउने व्यवस्था रहेको छ ।

राज्यका सल्लाहकारमा राजपरिवारका सदस्य नै हुन्छन् । राज्यका सल्लाहकारमा रानी क्यामिला, राजकुमार विलियम, राजकुमार ह्यारी, राजकुमारी बिट्रिस, राजकुमारी एनन्नी र राजकुमार एडवार्ड छन्  ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?