+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ : अर्थमन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:५५

२३ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने’ बताएका छन् ।

मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले भने, ‘कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।’

महतले अनुशासन, पारदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर गर्न आग्रह गर्दै महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के–के व्यवसाय घट्दैछन् र के–के व्यवसाय विकसित हुँदैछन् भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजस्व बढ्छ ।’

आन्तरिक राजस्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उनले बताए ।

‘कुन वस्तु कानुनी रूपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्ट्याउन सकियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउन सकिन्छ ।’

होटल, रेस्टुरेन्ट जस्ता सेवा व्यवसाय अहिले बढिरहेको भन्दै उनले भने, ‘नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुरा अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’

महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन,’ उनले भने, ‘जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’

उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन पनि दिए । नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्दैै अर्थमन्त्री महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?