+
+

‘ड्युन-२’ को वर्ल्ड प्रिमियरमा रेडकार्पेटमा चम्किए हलिउड स्टार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १३:५३

काठमाडौं । यस वर्ष हलिउडको बहुप्रतीक्षित फिल्म ‘ड्युन पार्ट २’ नेपाली मितिअनुसार फागुन १८ गते रिलिज हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सन् २०२४ को प्रतीक्षित फिल्मको रुपमा यसको चर्चा गरिरहेका छन् ।

तिमोथी चालमेट र जेन्डाया स्टारर यो साइन्स-फिक्सन फिल्मको प्रिमियर मंगलबार मेक्सिको सिटीमा आयोजना गरियो । जहाँ फिल्म स्टारहरु रेडकार्पेटमा प्रस्तुत भए ।

अभिनेता जोस ब्रोलिन र निर्देशक डेनिस भिलेनेउभ पनि प्रिमियरमा सहभागी देखिए । जेन्डाया ब्राउन-बेली-बेरिंग टर्टलनेकमा आकर्षक देखिएकी थिइन् ।

यो फिल्ममा पल एट्रेइड्स (तिमोथी चालामेट) परिवार र मानिसको भविष्य सुनिश्चित गर्न ब्रह्माण्डको सबैभन्दा खतरनाक र बलौटे ग्रह अराकिसको यात्रामा निस्कन्छन् ।

दोस्रो श्रृंखलामा पलले चानी (जेन्डाया) र रहस्यमयी निलो आँखा भएका फ्रेमेन मूल निवासीहरू हरकोनेन्ससँग बदला लिनका लागि टोली बनाउँछन्, जसले उनको परिवारलाई नष्ट गरिदिएका थिए । ब्रह्माण्डको भाग्य नै अन्योलमा रहेको बेला पलले चानीसँगको प्रेमको लागि सम्झौता गर्नुपर्छ ।

दोस्रो श्रृंखलामा शीर्ष कलाकारहरु तिमोथी चालमेट, जेन्डाया, अस्टिन बटलर, फ्लोरेन्स पग, क्रिस्टोफर वाल्केनको चरित्रलाई अझै विस्तृत तुल्याइएको छ । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्दैछ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?