 
															Photo Credit : Shivu Khanal
								
																			२५ माघ, दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक यात्रु बस दुर्घटनामा परेको छ ।
दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रा १ ख ३१३२ नम्बरको रात्रिबस बिहीबार बेलुकी करिब नौ बजेतिर अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।
बसका यात्रु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा ३६ जना यात्रुहरू थिए । रातिको समयमा बस दुर्घटनामा परेपछि यात्रुहरु अलपत्र परेका छन् ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखाेला, वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीबाट सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।
गत पुस २७ गते दाङकै भालुबाङमा रात्रि बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।


सबै तस्विर : शिबु खनाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4