+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

४० सुपरस्टारको कभर फोटो छापेर भोग म्यागजिनले गर्‍यो सम्पादकको बिदाई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १७:३०

काठमाडौं । विश्व फेसनको धर्मग्रन्थ मानिने भोग म्यागेजिनको बेलायती संस्करणका प्रधान-सम्पादकको बिदाइको शैली रोचक देखियो । एड्वर्ड एनिनफुलले अन्तिम अंकलाई ऐतिहासिक बनाउन यो कभरमा एक होइन, ४० सुपरस्टारको तस्वीर छापे ।

घानामा जन्मिएका फेसन सम्पादकले ६ वर्ष लामो नेतृत्वपछि अप्रत्याशितरुपमा गत जुनमा राजीनामा दिएका थिए । आफू नेतृत्वको अन्तिम अंकको कभरमा एनिनफूलले सुपरमोडल, हलिउड मेगास्टार, पप आइकन्स र फेसनका चर्चित हस्तीलाई चित्रण गरेका छन् । जसमा नाओमी क्याम्पबेल, माइली साइरस, लिण्डा इभानगेलिस्टा, जेनी फोण्डा, दुआ लिपा, सेरेना विलियम्स लगायत छन् ।

म्यागेजिनको आवरणका लागि तस्वीर खिचाउन ४० महिला सेलिब्रेटीहरु लण्डन, पेरिस, मिलान, लस एन्जलस लगायतका सहरबाट न्यूयोर्कको म्यानहटन पुगेका थिए ।

‘जब अन्तिम अंकको बेला आयो, मलाई थाहा थियो कि यो कभर महिलाप्रति समर्पित हुनेछ । अवश्य ! महिलाहरूले लगभग १०८ वर्षको लागि ब्रिटिश भोगलाई आकार दिएका छन् र मेरो साढे ६ वर्षको कार्यकालको प्रत्येक पललाई पक्कै पनि सम्झिएका छन् । यी महिलाले मेरो सम्पूर्ण जीवनमा मलाई नेतृत्व र मार्गनिर्देशन गरेका छन्’ एनिनफुलले लेखेका छन् ।

एनिनफुलले म्यागेजिनको नेतृत्व छाड्ने खबरले गतवर्ष फेसन विश्व स्तब्ध भएको थियो । एनिनफूलको नेतृत्व भोग म्यागजिनको बेलायती संस्करणले प्रकाशित सामाग्रीमा विविधता देखेको थियो ।

उनको कार्यकालले धेरै उतारचढाव देख्यो जसमा कभरस्टोरीको लागि फोटोसुट गर्न अश्वेत वर्णका दुई फोटोग्राफरलाई नियुक्ति दिनुदेखि सन् २०२३ को मे महिनामा शारिरिकरुपमा असक्षम, कार्यकर्ता, मोडललाई समेटेर कभर प्रकाशित गर्नु रहेको उल्लेख छ ।

एनिनफुलको नेतृत्वमा सन् २०१९ मा ५० भन्दा माथिल्ला उमेरका महिलालाई समेटर कभरस्टोरी छापेको थियो । उनका अन्य कभरस्टारमा ८२ वर्षिया मिरियम मार्गोलिस जसले गतवर्षको प्राइड मन्थका लागि नग्न दृश्य दिएकी थिइन् । यसबाहेक ८५ वर्षिया डेम जुडी पनि उनको कभर स्टार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?