
काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवाको शीर्ष भूमिका रहेको फिल्म ‘हामी तीन भाई’को छायांकन सकिएको छ । मधुसुधन भट्टराई निर्देशित यो फिल्म अहिले डबिङको तयारीमा छ ।
फिल्मलाई २०८० सालभित्रै प्रदर्शनको लक्ष्य राखिएको जानकारी निर्देशक भट्टराईले दिए । सम्पादन सकिएपछि अब डबिङ सुरु हुने उनले बताए । सामाजिक र पारिवारिक कथावस्तु समेटिएको यो फिल्ममा तीन पुरुष र तीन महिला पात्रको शीर्ष भूमिका छ ।
विनोद न्यौपाने, कुशल विष्ट, फलित राई, लक्ष्मी बर्देवा, आश्मा गिरी, जान्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा लगायतको शीर्ष भूमिका छ ।
फिल्ममा त्रिरत्न श्रेष्ठको निर्माण, साजित महतको प्रस्तुति, विक्रम तामाङको कार्यकारी निर्माण, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डेको सहनिर्माण छ । निर्देशक भट्टराईको यो पाँचौ निर्देशकीय फिल्म हो ।
* समाचारको शीर्षक र सन्दर्भ परिवर्तन गरिएको छ ।
प्रतिक्रिया 4