+
+

पौडीका रायनले जिते अन्तर्राष्ट्रिय पदक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते ६:३४

२७ माघ, काठमाडौं । नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा जारी बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल भएका छन् ।

च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।

गुरुङ्गले आफ्नै नाममा २ मिनट २२.१५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट २१. १६ सेकेन्ड समयको नयाँ किर्तिमान  समेत राख्न सफल भएका छन् । यस विधाको स्वर्ण र रजत भारतले हात पार्‍यो ।

तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २मिनट २९.२९ सेकेन्डको अर्को कीर्तिमान बनाए । यसअघि शिरीष गुरुङ्गको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । शिरिषले उक्त कीर्तिमान २०१२ मा काठमाण्डौमा भएको दोस्रो एनएसए कपमा राखेका थिए ।

यस्तै तेन्जिनले सेरेन सिङ्ग, इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधर सङ्ग मिलेर  ४ ह १०० मिटर रिलेमा  ३ मिनट ४८.५७ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान राखे । यसअघि यो कीर्तिमान भारतको गोहाटीमा भएको १२ औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङ्गले ४ मिनट ७.२८ सेकेन्ड समयको रेकर्ड राखेका थिए ।

यसै गरी ४ गुणा १०० मिटर मिड्ले रिलेमा ४ मिनट १४.१० सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरे ।

यसअघि यो कीर्तिमान ४ मिनट ३१.३८ सेकेन्ड समयको कीर्तिमान एलिश श्रेस्ठ, चित्रबहादुर गुरुङ्ग, पुष्पराज शाही र तिलबाहादुर थापामगरको नाममा काठमाडौंमा भएको आठौं साफ गेममा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?