+
+

एसीसी वुमन्स प्रिमियर कप : नेपाललाई हङकङले दियो ९४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते ८:५८

२७ माघ, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपाललाई हङकङले ९४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो ।

हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान २/२, पुजा महतो र सीता रानामगरले एक/एक विकेट लिए ।

१६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा  छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?