+
+
Shares

दूतावासको कन्सुलर सेवा शिविरबाट बार्सिलोनामा ३०० नेपाली लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ६:४५

२९ माघ, बार्सिलोना । स्पेनको बार्सिलोनामा रहेका झण्डै ३०० नेपाली राहादानी बनाउने प्रक्रियालगायत अन्य कन्सुलर सेवाबाट लाभान्वित भएका छन् ।

एनआरएनए स्पेनको संयोजनमा म्याड्रिड राजदूतावासले संचालन गरेको दुई दिने कन्सुलर शिविरबाट क्याटालोनिया क्षेत्रमा बस्ने नेपाली लाभान्वित भएका हुन् ।

फेब्रअरी १० र ११ मा एनआरएनए स्पेनको कार्यालयमा सम्पन्न शिविरमा २६२ जनाको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन प्रक्रिया पूरा भएको छ ।

११ जना बालबालिकाका लागि पहिलोपटक राहदानी प्रक्रिया र थप १५ जनाले अन्य कन्सुलर सेवा प्राप्त गरेका छन् ।

राहदानीको कारण समस्यामा परेका नेपालीका लागि दूतावास र एनआरएन मिलेर सहजीकरण गरिदिंदा उनीहरुले खुशी व्यक्त गरेका छन् ।

पर्वत मूल घर भएका विकास तिमिल्सिनाले दूतावासको घुम्ती टोलीले आफ्नो समय र खर्च जोगिएकोमा खुसी व्यक्त गरे । ‘तीन महिना पहिले नै श्रीमतीको पासपोर्टको म्याद सकिएको हो।फेरि दुई महिना पहिले बच्चा पनि जन्मियो। मेरो पनि पासपोर्टको म्याद एक महिना मात्रै बाँकी छ,’ तिमिल्सिनाले भने, ‘एकातिर व्यवसाय छ र अर्कोतिर समय अभाव। अब पासपोर्ट बनाउनको लागि हामी ५ जनाकै परिवार नै म्याड्रिड जानु पर्ने बाध्यता थियो। दूतावासको टोली आइदिंदा समय पनि बच्यो।आवातजावतमा हुने खर्च पनि जोगियो ।’

पाँच महिनाअघि पासपोर्टको म्याद नाघेको भएपनि म्याड्रिड जान समय निकाल्न नसकेकी गीता पोखरेलले पनि खुशी व्यक्त गरिन्। ‘काममा छुट्टी मिलाउने भन्दाभन्दै म्याड्रिड जाने मेसो मिलेकै थिएन। ठ्याक्कै टोली आइपुग्यो। राम्रो सुविधा पायौं,’ पोखरेलले भनिन्, ‘आधा घण्टामै सबै प्रक्रिया पूरा गरेर हामी फ्री भयौं। भीडभाड पनि थिएन। काम पनि असाध्यै राम्रोसँग गर्नुभयो।अहिले बल्ल स्पेनमा नै दूतावास आएको जस्तो फिल भयो।’

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीका लागि सहजीकरण गर्न आफ्नो टोली बार्सिलोना आएको बताइन् ।

कन्सुलर सेवा लिइरहेका नेपालीमाँझ शनिबार बोल्दै उनले दुईदिने शिविरबाट बार्सिलोनामा रहेका नेपालीका लागि लाभदायी हुनेमा आँफू आशावादी रहेको बताइन् ।

राजदूत ढकालले भनिन्, ‘अहिले दूतावासमा थोरै जनशक्ति छ। तर पनि हामी छुट्टीको दिन शनिबार र आइतबार पनि आराम नगरी यहाँहरुको निरन्तरको अनुरोधलाई स्वीकार गरेर सेवा दिन आएका हौं।’

एनआरएन स्पेनका अध्यक्ष पेशल कुमार कोइरालाले दूतावासको टोली बोलाएर सयौं नेपालीलाई कन्सुलर सेवा दिन पाएकोमा खुशी व्यक्त गरे। ‘झण्डै ३ सय जनाले कन्सुलर सेवा लिनुभएको छ।उहाँहरुले ६ सय किलोमिटर टाढा यात्रा गरेर म्याड्रिड आवाजजावत गर्नुपर्थ्यो,’ अध्यक्ष कोइरालाले भने, ‘एकातिर उहाँहरुको समय वचत भएको छ भने अर्कोतर्फ उहाँहरु आवतजावतमा अनुमानित ३० हजार युरोसम्म खर्च हुनसक्थ्यो। त्यो पनि जोगिएको छ।’

आँफूहरुले प्राथमिकताको आधारमा डकुमेन्ट छुट्टाएर प्रत्येक सेवाग्राहीलाई आउने समयसम्म तोकिदिएको हुँदा कन्सुलर सेवा संचालन गर्न सहज भएको कोइरालाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?