+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी बैठकमा प्रचण्डले भने : पार्टीको नाम केही होइन, काम ठूलो हो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:३१

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् ।

आइतबार सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकमा प्रचण्डले सम्बोधन गर्दै माओवादीको पहिचान नामले भन्दा पनि कामले गर्दा रहेको तर्क गरेका हुन् ।

‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो’, प्रचण्डले बैठकमा भने, ‘नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ ।’

प्रचण्डले अब जातिय र क्षेत्रिय मोर्चालाई पूनर्जिवित गरी संगठित आन्दोलन गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने बताए ।

साथै, उनले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको स्वीकार गरेका छन् । ‘हामीले थाहा नै नपाइकन वर्ग छाडेको साँचो हो’, उनले भने ।

अबको अभियान आन्दोलनको रुपमा हुने भन्दै उनले तराई मधेस केन्द्रित र जागरण अभियान चलाउने बताए ।

उनले मधेस र सहरी क्षेत्रमा पार्टीले धेरै कमजोरी गरेको भन्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने बताए ।

उनले अब माओवादी समाजवादी दिशातर्फ केन्द्रित भएको भन्दै आठौँ महाधिवेशनको समाजवादी दिशा बमोजिम नै अहिले विधान बनाएको दावी समेत गरे ।

उनले फागुन पहिलो साता विधान महाधिवेशन सकिएपछि विशेष महाविधेशनको तयारीमा लाग्न समेत कार्यकर्तालई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?